बैशाख २६, २०८१ बुधबार Wed May 8 2024

‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत टेण्डर आह्वान



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित बबरगंज खानेपानी योजना निर्माण कार्य (आरसीसी ओभरहेड ट्यांक) निर्माणको लागि २ करोड ३५ लाखको टेन्डर आवहान गरिएको छ । सो सूचना यहीं जेठ ७, २०८० को अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएको थियो । चन्द्रनगर गाउँपालिकाको लागि यो महत्वपूर्ण उपलब्धी भएको स्थानीयवासीले बताएका छन् ।

विगत सात वर्षदेखि गठन हुन नसकेको बबरगन्ज खानेपानी तथा उपभोक्ता समिती २०७९ पुस महिनामा चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महतोको अध्यक्षतामा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकमा गठन भएको थियो । उक्त समिति गठन भएपछि जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अगुवाईमा सो टेन्डर आह्वान गरिएको छ । खानेपानी आयोजना जस्तो महत्वपूर्ण कार्यमा योगदान गर्ने जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख शिव शंकर रौनियार धन्यवादका पात्र बनेका छन् ।

विगत सातपछि गठन भएको समितिले जिम्मेवारी पूर्वक आफ्नो काम गरेर अगामी तीन वर्षभित्र वडा नम्बर २, ३ र ४ का प्रत्येक घरमा धारा जडान गर्ने बताएको छ । समितिले आफ्नो कार्यक्षेत्रका प्रत्येक घरमा धारा जडान गरी एक घर एक धारा कार्यक्रममार्फत स्वच्छ र सुरक्षित पानी उपलब्ध गराउने बिश्वास लिएको गाउँपालिका अध्यक्ष महतोले बताएका छन् ।

_5 PAGE.indd

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  १० : ५८ बजे