काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । आज दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा पत्रकार सम्मेलन गर्न लागेको हो ।
समसामयिक राजनीति परिस्थितिको बारेमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।
सरकारले शुक्रबार आगामी आर्थिक वर्ष २०८०र८१ का लागी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आजदेखि संसदमा उक्त नीति तथा कार्यक्रममाथी छलफल हुनेछ ।

