माघ ७, २०८१ सोमबार Mon Jan 20 2025

तारकेश्वर नगरपालिकाको कामकाज पेपररहित प्रणालीबाट



काठमाडौ । काठमाडौको तारकेश्वर नगरपालिकाले पेपरलेस डिजिटल नगरपालिका बनाउने गृहकार्यको थालनी गरेको छ। नगरपालिकाले जनतालाई हातहातमा सेवा दिने उदेश्य स्वरुप ईसिफारिस सहितका सेवा सुचारु गर्न सुरु गरेको हो।

पालिकाले वडा नम्बर ७ फुटुङको कार्यालयबाट मोबाइल मार्फत बैंक खाता बन्दको सिफारिसलाई डिजिटल प्रणालीमा सुरुवात गरेको छ । यस प्रणालीमा अध्यक्ष सानुकाजी खत्रीले पहिलो ई९ सिफारिस वडाका स्थायी बासिन्दा बासुदेव बस्नेतले गरेका छन् ।

स्मार्टपालिकाको प्राविधिक सहकार्यमा नगरले ११ वडाबाटै ईसिफारिस सहित डिजिटल पेमेन्टको अबधारणा अगाडि बढाएको र दोश्रो चरणको काम सुरु भएको नगर प्रमुख कृष्णहरि महर्जनले बताएका छन् । सबै वडालाई पेपरलेसको अवधारणा अघि सार्दै नगरले भुक्तानी अनलाईनबाट गर्ने र सिफारिस पनि मोबाईलमै प्राप्त गर्नेछन।जसमा हरेक वडाका अध्यक्ष सहित कर्मचारीलाई तालिम र अभिमुखिकरण गरिएको छ।

जनता धाएर वडा वा नगरपालिका जाने वाध्यतालाई यो सुशासन प्रणालीले अन्त्य गर्ने विश्वास लिएका छौ, मेयर महर्जनले बताएका छन् । उपमेयर सृजना बुर्लाकोटी अर्यालका अनुसार संसार नै डिजिटल र स्मार्ट बन्नेतर्फ उन्मुख भएकाले आफूहरु पनि समयानुकूल जानुपर्छ र असहज एवम् चुनौतीलाई आत्मसात गर्दै जनचेतना जगाउदै बिस्तारै प्रविधिमैत्री नगर बनाउने सपना साकार पार्ने कुरामा हामी सचेत छौ ।

नगर प्रमुख महर्जन भनछन्, यस अघि नै डिजिटल घरधुरी सर्वेक्षण गरि डिजिटल प्रोफाइल तयार भैसकेको र जनताका तीन पुस्ते बिबरण अब एउटा टोकन नम्बरले देखाउने सक्नेछ जसका कारण जनता र जनप्रतिनिधि प्रविधी मार्फत नजिक रहेर सेवा लिन र कर तिर्न सक्नेछन भन्ने कुरामा हामी चासो लिएका छौ

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ७ : ४८ बजे