बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

भारतमा हाल चल्तीमा रहेको दुई हजारको नोट बन्द हुने, सेप्टेम्बर ३० पछि नचल्ने



काठमाडौँ । भारतमा हाल चल्तीमा रहेको २००० हजारको नोट बन्द हुने भएको छ ।

भारतीय रिजर्भ बैंकले हाल चल्तीमा रहेको २००० हजारको नोट सर्कुलेशनबाट फिर्ता लिने घोषणा गरेको छ । यो नोट आगमी सेप्टेम्बर ३० सम्म फिर्ता गर्न निर्देशन जारी रहेको छ । सेप्टेम्बर ३० पछि अहिलेको २००० हजारको नोट नचल्ने रिजर्भ बैंकले निर्देशन जारी गरेको छ ।

विद्यमान २ हजारको नोट सन् २०१६ नोभेम्बरमा बजारमा आएको थियो । त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र हजारका नोट बन्द गरेका थिए । रिजर्भ बैंकले सन् २०१८(१९ देखि २००० का नोट छाप्न रोक लगाएको छ ।

रिजर्भ बैंकले बैंकहरुलाई मे २३ देखि सेप्टेम्बर ३० सम्म २००० का नोट साट्न निर्देशन दिएको छ । एक पटकमा अधिकतम बीस हजार रुपैयाँको नोट मात्रै साट्न सकिने निर्देशन जारी गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ८ : ३४ बजे