बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

ग्लोलब बैंकद्वारा आफ्ना खातावालाहरुलाई एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाउने सूचना जारी



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई एउटै एक भन्दा बढी खाता खोल्न नपाइने सूचना जारी गरेको छ । बैंकले डेबिट÷क्रेडिट कार्ड होल्डर तथा खातावालाहरुलाई भएका ग्राहकलाई एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाउने सूचना जारी गरेको हो । बैंकले जारी गरेको सूचना अनुसार खातावालाहरुले अव एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैकबाट जारी गरिएको एकीकृत निर्देशनमा २०७९ को इ।प्रा।निर्देशन नम्बर ९२१÷०७९० बुँदा नम्बर ४४ बमोजिम बैक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता ९नेपाल राष्ट्र बैंकले तोके बाहेक० खोल्न नपाईने एवं एकजना व्यक्तिलाई एउटै प्रकारको एक भन्दा बढी कार्ड जारी गर्न नपाईने व्यवस्था रहेको छ । सो अनुसार ग्लोबल आइएमई बैंकले उक्त प्रकारका खाता खोली कारोबार गरिरहेका ग्राहकलाई १ भन्दा बढी कार्ड तथा खाता बन्द गरिदिन आग्रह गरेको हो ।

बैंकका अनुसार स्वदेशी मुद्रामा एकै प्रकृतिको एक भन्दा बढी खाता वा कार्ड लिएका ग्राहकले जेष्ठ १५ भित्र पायक पर्ने नजिकको शाखा कार्यालयमा कार्ड तथा खाता बन्द गनुपर्ने छ । सो समय पश्चात त्यस्ता खाताहरु मध्ये एक मात्र खाता कायम गरी बाँकी रहेको अन्य खाताहरु बन्द वा रोक्का गरिने बैंकले सूचनामार्फत जनाएको छ ।

त्यसैगरी १० बर्ष देखि शुन्य मौज्दात रही कारोवार नभएका खाताहरु समेत आफैले बन्द गर्न सक्ने भएको हुँदा त्यस्तो खाता रहेका ग्राहकले पायक पर्ने नजिकको शाखा कार्यालयमा गई खाताको बिवरण अद्यावधिक गरी खाता सञ्चालन गर्न पाइने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ४ : २० बजे