माघ ७, २०८१ सोमबार Mon Jan 20 2025

गाउँपालिकाद्वारा बिपन्न महिला समूहमा आय आर्जन वृद्धिका लागि अनुदान सम्बन्धी सूचना आह्वान



सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बिपन्न महिला समूहमा आय आर्जनका लागि अनुदान सम्बन्धी प्रस्तावको सूचना आव्हान गरेको छ । गाउँपालिकाले बिपन्न महिला समूहमा आय आर्जन वृद्धि गर्नका लागि अनुदान सम्बन्धी प्रस्ताव आव्हान सम्बन्धी सूचना जारी गरेको हो ।

चन्दग्रनगर गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रम आर्थिक वर्ष २०७१÷८० को बहुपोषण कार्यक्रमअन्तर्गत वार्षिक पोषण सुधारका कार्यक्रमको लागि वबपन्न महिला सहकारी वा समुहमा आयआर्जन सुधार गर्न नगद अनुदान उपलब्ध गराउने उेद्देश्यले उक्त सूचना जारी गरिएको छ ।

गाउँपालिकाद्वारा जारी सूचना अनुसार कार्यक्रमले किशोरीहरुमा विद्यमान रहेको कुपोषणलाई दिगो लक्ष्य अनुरूप समाधान गर्न र यसका विभिन्न कारक तत्वहरुलाई बहुक्षेत्रीय पोषणको अवधाणाअनुसार निराकरण गर्नसमेत व्यवस्था मिलाइएको छ । विपन्न शिशुहरुको पोषणमा सुधारका लागि महिला उद्यमी बनाउने उद्देश्य सहकारी सदस्यहरुको आयआर्जन सुधार कार्यक्रम गर्न अनुदानको व्यवस्था गराइने गाउँपालिकाले जारी गरेको सूचनामा जनाइएको छ ।

उक्त अनुदान २५ जना शेयर सदस्यलाई जनही २५ हजार शुरुवाती अनुदान वितरण गरी महिलाहरूको समाजिक
तथा आर्थिक सशक्तिकरण र व्यवसायिक प्रवर्द्धनका लागि गाउँपालिकाले सूचना जारी गरेको छ ।

उक्त सूचनामा महिला सहकारी वा समुहमा बहुक्षेत्रीय पोषण सम्बन्धी आयमुलक कार्यक्रम सञ्चालन गर्न इच्छुक महिला सहकारी वा समुहले अनुदानका लागि आवश्यक कागजातसहित सूचना प्रकाशित मितिले १५ पन्ध्र दिनभित्र चन्द्रनगर गाउपालिकामा प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

गाउँपालिकाद्वारा जारी सूचनाअनुसार सहभागी हुन चाहने विपन्न महिलाहरुले कार्यक्रममा सहभागी भइ लाभान्वित भन्न पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  १२ : १० बजे