३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

देउवा पुत्र जयवीरसिंहले गरे कभर सिंगर शिवानासँग ‘इन्गेजमेन्ट’



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा देउवाका छोरा जयवीरसिंह देउवाले इन्गेजमेन्ट गरेका छन् ।

जयवीरसिंहले यहि जेठ १ गते दुई परिवारको उपस्थितिमा शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन् । शिवानासँग औंठी साटासाट गरेका जयवीरसिंहले सम्भवतः यहिँ माघमा बिहे गर्ने बताइएको छ ।

शिवाना कभर सिंगर हुन् । उनकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गरेकी हुन् । उनले लेखेकी छन्, ‘खुसी, विश्वासै गर्न सकिरहेको छैन ।’

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ११ : ३२ बजे