५ बैशाख २०८३, शनिबार Sun Apr 19 2026

अब ट्विटरमा दुई घन्टा लामो भिडियो अपलोड गर्न सकिने



काठमाडौं । अब ट्विटरमा २ घन्टा लामो भिडियो अपलोड गर्न सकिने भएको छ । सोसियल प्लेटफर्म ट्विटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘अब ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले ८ जिबीका २ घन्टा लामो भिडियो आफनो खातामा अपलोड गर्न सक्ने छन् ।’

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ११ : १७ बजे