बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

भुक्तानी सेवा प्रदायक डिजिटल वालेटहरू एक आपसमा मर्ज हुन सक्ने



काठमाडौं । भुक्तानी सेवा प्रदायक डिजिटल वालेटहरू एक आपसमा मर्ज हुन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ को पहिलो संशोधन गर्दै समान प्रकृतिका संस्थाहरूसँग भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्था एक आपसमा मर्ज हुन सक्ने व्यवस्था गरिएको हो ।

भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरू एक आपसमा गाभ्दा वाप्राप्ति गर्दा भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्थाहरू समान प्रकृतिका संस्थाहरूसँग मात्र गाभ्न÷गाभिन र प्राप्ति गर्नका लागि योग्य ठहरिने छन् ।

एकापसमा गाभ्न÷गाभिन वा प्राप्ति गर्न चाहने संस्थाहरूले वार्षिक साधारण सभा वा विशेष साधारण सभामा सोसम्बन्धी प्रस्ताव पारित गरी सञ्चालक समितिले अख्तियारी प्राप्त गरेको हुनुपर्नेछ ।

तर, विशेष परिस्थिति सिर्जना भएको अवस्थामा आगामी साधारण सभाबाट अनुमोदन गराउने गरी सञ्चालक समितिले गाभ्नेरगाभिने वा प्राप्तिको प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ४ : ४० बजे