३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य वाग्ले बर्खास्त



विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरिएको छ ।

बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको हो । कोशी प्रदेशको नाम बहिष्कारको आन्दोलन चलिरहँदा झापाको दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश नराखेको जनाउँदै प्रदेश सरकारले वाग्लेलाई कारबाही गरेको हो ।

गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित सो प्रतियोगिताको ब्यानरमा आयोजकको रूपमा कोशी

प्रदेशको नाम उल्लेख नभएको भन्दै उहाँलाई सामाजिक विकास मन्त्रालयले दुईपटक स्पष्टीकरण सोधेको थियो । तर, तोकिएको समयभित्र वाग्लेले स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएकाले बर्खास्त गरिएको कोशी प्रदेशका प्रवक्ता तथा उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

यद्यपि, प्रतियोगिताको प्रमाणपत्रदेखि अन्य सबै सामग्रीमा कोशी प्रदेश लेखिएको छ । पछिल्लो समयमन्त्री बुद्धिकुमार राजभण्डारी र वाग्लेबीचको आपसी मनमुटाव रहँदै आएका कारण उनलाई बर्खास्त गरिएको आशंका गरिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ८ : ४० बजे