५ बैशाख २०८३, शनिबार Sat Apr 18 2026

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने



काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाका सदस्यहरुले सोधेको प्रश्नकोजवाफ दिने कार्यक्रम रहेको छ।

साथै, प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धीसहितको आर्थिक बर्ष २०७८र७९ को बार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ८ : ३६ बजे