३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

राप्रपा केन्द्रीय समिति बैठक बस्दै, अध्यक्ष लिङदेनले केन्द्रिय सदस्यहरुले राखेको धारणाको जवाफ दिने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि बस्दैछ। सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रीय सदस्यहरुले राखेको धारणाको जवाफ आज दिदैँछन्।

अध्यक्ष लिङ्देनले पेश गरेको राजनीतिक प्रतिवेदन उपाध्यक्ष हेमजङ गुरुङले सचिवालयसम्बन्धी प्रतिवेदन, महामन्त्री धवलशम्शेर राणाले संगठनसम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ काफ्लेको आर्थिकसम्बन्धी प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले राखेको धारणाको जवाफ दिइने प्रवक्ता सगुन लावतीले जानकारी दिए।

हिजोको बैठक ९ घन्टासम्म चलेको थियो भने सबै केन्द्रिय सदस्यहरुले ३(३ मिनेटमा

आफ्ना धारणा राखेका थिए। अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल ९प्रचण्ड० नेतृत्वको सरकार बिदेशी इशारामा चल्न थालेपछि सरकार छाड्नु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा पनि बिदेशी संलग्न रहेको, प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा रहेको, सरकार निर्माण र विघटनमा बाह्य प्रभाव रहने गरेको र जसका कारण राष्ट्रिय लज्जाको विषय बन्न पुगेको जस्ता बुँदा उल्लेख गरेर प्रतिवेदन पेश गरेका छन्।

भ्रष्टाचारको बिरुद्धमा निमर्म भएर उभिन पनि पार्टी पंक्तिलाई आग्रह गरेका अध्यक्ष लिङदेनले मुख्य दलका अराजनीतिक गतिबिधि र भ्रष्ट प्रवृतिका कारण संबैधानिक राजतन्त्रको औचित्य अझै बढन गएको निष्कर्षसहित पेश गरेका प्रतिवेदनमा हिजो केन्द्रिय सदस्यहरुले आ(आफ्नो धारणा राखेका थिए।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १० : ४४ बजे