२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

महानगरका कर्मचारीले पैसा मागेमा प्रमाणसहित खबर गर्नुहोला : मेयर शाह



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफू मातहतका कर्मचारीले भ्रष्टाचार गरे प्रमाणसहित उजूरी दिन अपिल गरेका छन्। काठमाडौँका ‘भ्रष्ट कर्मचारी’ बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत गएका मेयर शाहले त्यस्तो टेक्स्ट, अडियो, भिडियोसहितको उजुरी दिनका लागि अलग्गै मोबाइल नम्बर पनि उपलब्ध गराएका छन्।

‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौँ, हाम्रो अधिकार क्षेत्र काठमाडौँ महानगरपालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियोसहित,’ उनले भनेका छन्, ‘कसैले बिना प्रमाण यसले यति भ्रष्टाचार गर्यो भनेर आरोप लगाउनुभन्दा पनि प्रमाण जुटाउनु होला।

उनले मोबाइल नम्बर उपलब्ध गराउँदै भनेका छन्, ‘हामीलाई 9863592011 मा whatsapp मा प्रमाणसहित सम्पर्क गर्न सक्नु हुनेछ। यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउनेको नाम गोप्य राखिनेछ।’

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ११ : ४१ बजे