काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ वैशाखे खर्कस्थित किसानले भेडाको दूधबाट दही, मही र घ्यु बनाउने गर्दछन् । अहिले भेडाको घ्यु प्रतिकिलो रु दुई हजारमा खरिद बिक्री हुने गर्छ ।
भेडाको घ्यु भुटुनको रूपमा प्रयोगका लागि राम्रो मानिन्छ । त्यस्तै, सो घ्यु आगोले पोलेकाका लागि र विभिन्न प्रकारका रोगहरूका लागि औषधिको रूपमा प्रयोग हुने गर्दछ ।
तर, पछिल्लो समयमा चरमको व्यवस्था नभएर र युवा पुस्ताले भेडापालनमा ध्यान नदिएकाले भेडागोठ हराउँदै गएको छ ।