चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

लम्पी स्किन रोग फैलिएपछि पशुपालक किसान चिन्तित



दार्चुला । दार्चुलाको विभिन्न नगरपालिका र गाउँपालिकाका पशु चौपायामा लम्पी स्किन रोग फैलिएको छ ।

खासगरी, दार्चुलाका महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा पशु चौपायामा देखिने लम्पी स्किन रोग फैलिएको हो ।

उक्त रोग बढेपछि पशुपालक किसान चिन्तित बन्न थालेका छन् । सो रोग बढ्न थालेपछि पशुहरु धमाधम मर्न थालेका छन् । यो रोग लागेपछि पशुलाई ज्वरो आउने, खाना नरुच्ने, दुब्लाउदै जाने हुन्छ ।

गाईले दुध दिन पनि कम गर्छ, दुध दिन सक्दैन र समयमा उपचार नपाएपछि पशुहरु मर्ने गरेको पाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ५ : १८ बजे