काठमाडौं । फिनटेक कम्पनी–एफवान सफ्ट ग्रुपअन्तर्गत सञ्चालनमा रहेको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले तीन वर्ष पुरा गरेको छ । सो रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ३० वटा भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
यस कार्य सञ्चालनमा आएसँगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै ‘मेरो पहिलो रोजाइ’ नारा बोकेर अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्राउँदै आएको छ । त्यस्तै, इसेवा मनी ट्रान्सफर मार्फत ६१ लाख भन्दा बढी प्रयोगकर्ताको सञ्जाल इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउने सुविधा पाएका छन् ।
त्यस्तै, कम्पनीले आफ्ना एजेण्ट नेटवर्कलाई पनि व्यापक मात्रामा वृद्धि गर्दै देशभरि आफ्नो सेवा पुर्याई सकेको छ । हाल, यस कम्पनीका मुलुकभर १२ हजारभन्दा बढी संख्यामा एजेण्ट नेटवर्क रहेका छन् जसबाट ग्राहकहरुले विदेशबाट आएको रकम तुरुन्तै पाउन सकिन्छ । यति मात्र नभएर देशका विभिन्न क्षेत्रमा सञ्चालित इसेवाका १ लाख १२ हजार एजेन्ट क्यास पोइन्ट मार्फत पनि उपभोक्ताले इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवाबाट लाभान्वित भएका छन् ।
तेस्रो वार्षिकोत्सवको अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत–अजेस कोइरालाका अनुसार ‘कार्य सञ्चालनको ३ वर्षमै इसेवा मनी ट्रान्सफरले छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएको छ । कोइराला भन्छन्, ‘हाम्रो यस सफलताको श्रेय, म सम्पूर्ण साझेदार, नियामक निकाय, कर्मचारी, एजेन्ट, ग्राहक लगायत सम्पूर्ण शुभ चिन्तक हरुलाई दिन चाहन्छु ।’
कोइरालाका अनुसार आफ्नो सेवा विस्तारमा डिजिटल माध्यमलाई प्रोत्साहन गर्दा मेरो डिजिटल देश अभियान सुरु गरिएको छ । जसअन्तर्गत ६ जना भाग्यशाली विजेताहरुलाई हामीले घरमै गएर उपहार हस्तान्तरण र एक जना भाग्यशाली विजेताले काठमाडौंमा नयाँ घर जित्न सक्नेछन् ।