बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

नेपाल टेलिकमद्वारा त्रैमासिक वित्तीय विवरण सार्वजनिक



काठमाडौं । राष्ट्रिय टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले समीक्षा अवधिसम्म ५ अर्ब ४१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा सून्य दशमलब ४३ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको खुद नाफा ५ अर्ब ४३ करोड हजार रहेको थियो।

कम्पनीको अघिल्लो आर्थिक वर्षको ९ महिनाको अवधिसम्ममा कूल सञ्चालन आम्दानी २८ अर्ब २१ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा ८७ करोड २९ लाख रुपैयाँ मात्र पाइन्छ । यसलाई हेर्दा सञ्चालक आय पनि ३ दशमलब ०९ प्रतिशतले घटेको छ।

यो ९ महिनाको अवधिसम्म कम्पनीको कुल आय भने २ दशमलब ०६ प्रतिशतले बढेर ३३ अर्ब २० करोड रुपैयाँ भएको छ। अघिल्लो सोही अवधिसम्म कूल आय ३२ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  २ : ५६ बजे