४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

गाउँपालिकाद्वारा ‘पञ्च वर्षीय शिक्षा क्षेत्र सुधार योजना निर्माण’ सम्बन्धी दुईदिने कार्यशाला गोष्ठिको आयोजना



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले शिक्षामा दूरगामी र गुणस्तरीय सुधारको लागि पञ्च वर्षीय शिक्षा क्षेत्र सुधार योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठि गरेको छ ।

गाउँपालिकले यही वैशाख २८ र २९ गते गरी दुईतिने शिक्षामा दूरगामी र गुणस्तरीय सुधारको लागि पञ्च वर्षीय शिक्षा क्षेत्र सुधार योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठि गरेको हो ।

गाउँपालिकाद्वारा आयोजित उक्त कार्याशाला गोष्ठीमा अध्यक्ष राजकुमार महतोले शिक्षामा दूरगामी र गुणास्तरीय सुधारको लागि गरिएको पञ्च वर्षीय शिक्षा क्षेत्र सुधार योजनाले सीपयुक्त, दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन भइ स्वरोजगारमुखी बन्न अभिप्रेरित गर्ने बताएका छन् ।

अध्यक्ष महतोले यसको प्रभावकारितालाई हेरेर आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको आवश्यकता रहेको प्रकाश पारेका छन् ।

उनले यस्ता गेष्ठीले सर्वसाधारणमा शिक्षाको महत्वबारे जानकारी हुनुका साथै समाजका सबै वर्ग, समुदायमा जनचेतना जागृहत हुने बताएका हुन् ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १२ : ०१ बजे