सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले करार सेवाका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
गाउँपालिकाले करार सेवाका लागि मेडिकल अधिकृत, पशु चिकित्सक र कृषि स्नातक पदको लागि निवेदन आव्हान गरेको सूचना नागरिक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेको छ । गाउँपालिकाले करार सेवाका लागि कर्मचारी आवश्यकता स्रम्बन्धी सूचना प्रकाशित गरेको यो दोस्रो पटक हो ।
गाउँपालिकाद्वारा प्रकाशित सूचनामा योग्यता पुगेको, गुणस्तर सेवा प्रदान गर्न सोच भएका र सक्षम व्यक्तिले आवश्यक कागजात सहित निवेदन पेश आग्रह गरिएको छ ।


