३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’मा नेपालकोतर्फबाट उपमेयर डंगोलले आफनो प्रस्तुतिकरण दिने



काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’मा नेपालकोतर्फबाट आफ्नो प्रस्तुतिकरण दिने भएकी छिन् ।

मंगलबारबाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’मा डंगोलले आफनो प्रस्तुतिकरण दिने लागेकी हुन् । उनी वर्ल्ड टुरिजम सिटिजन फेडेरेसन (डब्लुटिसिएफ) को निमन्त्रणामा मंगलबार चीन प्रस्थान गरेकी छिन् ।

उपमेयर डंगोलले आज काठमाडौँको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जना विषयमा आफनो प्रस्तुतीकरण दिनेछिन् ।

उनले ‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ भन्ने थिममा आफ्नो प्रस्तुतीकरण दिने महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १० : ४३ बजे