३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

हतियार कारोबारमा म संलग्न छैनः रक्षामन्त्री खड्का



काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खड्काले आफु हातहतियार खरिदमा संलग्न नभएको बताएका छन् ।

नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तोमा आफनो नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री खडकाले आफनो संलग्नता अस्विकार गरेका हुन् ।

‘केही दिन देखि मेरो नाम समेत जोडेर केही संचार माध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका बिबिध प्रकृतिका समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ खडकाले भनेका छन, ‘म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिद सम्बन्धि कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पार्न चाहान्छु ।’

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ९ : ५९ बजे