जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

महालक्ष्मी विकास बैंकले ग-यो विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी विभन्न कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘सबल बैंक, सफल सहकार्य’ नामक नारालाई आत्मसात गर्दै निरन्तर रुपमा गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकका शाखाहरुबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई विभिन्न सहयोग प्रदान गर्ने कार्यक्रम सम्पन्न भएका हो ।

बैंकको नेपालगञ्ज शाखा कार्यालयले कोहलपुर नगरपालिका वडा नम्बर ११ मा रहेको नीर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई सेमी अटो बायोकेमेस्ट्री एनलाईजर मेसिन हस्तान्तरण गरिएको हो ।

बैंकले स्वास्थ्य प्रतिष्ठानमा उपचारका निमित्त आउने त्यस क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका समुदायलाई न्युनतम मुल्यमा किडनी, लिभर, सुगर र युरीकएसिड सम्वन्धी प्रयोगशाला चेकजाँचमा सहजता पु¥याउने उद्देश्यले सो सहयोग गरेको थियो ।

नीर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठान बाँकेका अध्यक्ष शाहीलाई बैंकका लुम्बिनी प्रदेश ‘ख’ का प्रदेशिक प्रबन्धक खगेन्द्रबहादुर साउद र नेपालगञ्ज शाखाका प्रवन्धक बिन्दुप्रसाद शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अध्यक्ष शाहीले सहयोगप्रति हार्दिक धन्यावाद प्रदान गरेकी छिन् ।

त्यस्तै बैंकको डल्लु र ठमेल शाखाले जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंलाई ब्यारिकेट, कोन तथा गोप्रो क्यामरा हस्तान्तरण गरिएको छ । बैंकले काठमाडौं महानगरपालिकामा सार्वजनिक सुरक्षा, अमन चयन कायम राख्न, सम्भावित अपराधको रोकथाम नियन्त्रण तथा अनुसन्धान गर्नका साथै तीब्र गतिमा सवारी साधन चलाउने, मादक पद्घार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुको नियन्त्रण तथा चेक जाँच गर्ने प्रयोजनार्थ उक्त सहयोग प्रदान गरेको थियो ।

जिल्ला प्रहरी परिसर, टेकुका प्रहरी बरिष्ठ उपरीक्षक धनबहादुर कार्कीलाई डल्लु शाखाका शाखा प्रवन्धक आशिषबहादुर धमला र ठमेल शाखाका शाखा प्रवन्धक युधिरमान सिंहले संयुक्त रुपमा उक्त सामग्री हस्तान्तरण गरेका छन् ।
बैंकको विरगंज शाखाद्वारा विरगंज महानगरपालिका वडा नं १४ मा अवस्थित श्री सिद्घार्थ माध्यामिक विद्यालयलाई छ थान स्मार्ट टेलिभिजन हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ । बालविकास भ्ऋम् देखि १२ कक्षा सम्म अध्यापन गराईने विद्यालयलाई विद्यार्थी मैत्री बनाउन मद्दत पु¥याउने उद्देश्यले बैंकले भ्ऋम् देखि ५ कक्षा सम्मका विद्याथीहरुका लागि स्मार्ट टेलिभिजन सहयोग गरेको हो ।

सिद्धार्थ माध्यामिक विद्यालय व्यवस्थापन समितिका सदस्य शिव शंकर पटेललाई बैंकका मधेस प्रदेशका प्रादेशिक प्रबन्धक सुदिप चन्द« पोखरेल र वीरगञ्ज शाखा शाखा प्रवन्धक पुरुषोत्तम अधिकारीले संयुक्त रुपमा टेलिभिजन हस्तान्तरण गरेका छन् । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका कार्यक्रमहरु गरिरहने बैंकद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ६ : ५६ बजे