जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्नुपर्छ : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँग संक्षिप्त कुराकानी गर्दै उनले यसमा सहभागी साना ठूला सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री नेपालले भने , “सरकारले घटनामा सङ्लग्न दोषीलाई बचाउन आउने उच्च दबाब सामू कुनै पनि हालतमा झुक्नु हुदैन ।”

उनले बदमासी गर्ने जोसुकै भए पनि तिनीहरुलाई कानुनको दायरामा ल्याएको सजायको भागिदार बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ४ : ०१ बजे