जेष्ठ ७, २०८१ सोमबार Mon May 20 2024

गौतम बुद्धले देखाउनुभएको बाटो, आदर्श र शिक्षाको अनुयायी हामी सबै हुनुपर्छ : उपमेयर डंगोल



काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले भगवान गौतम बुद्धले देखाउनुभएको बाटो, आदर्श र शिक्षाको अनुयायी हामी सबै हुनुपर्ने धारणा व्यक्त गरेकी छिन् ।

उपमेयर डंगोलले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६७ औं जन्मजयन्तीको अवसर काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै आज नेपालमा मात्रै नभएर विश्वभरि यस विषयमा चासो र चर्चा भएको बताएकी छिन् । कार्यक्रममा उनले बौद्ध शिक्षा

ज्ञानको रुपमा मात्रै नभएर अनुभूत गर्नको लागि जीवनमा अनुकरण गर्न आवश्यक रहेको बताएकी हुन् । त्यसैगरी उनले हामीहरु जुनसुकै पेशा, व्यवसाय र स्थानमा भएपनि बौद्ध शिक्षाको महत्व उत्तिकै महत्वपूर्ण भएको भन्दै हामी सबै भगवान गौतम बुद्धले देखाएको बाटोमा हिड्न सकुँ, शुभकामना व्यक्त गरेकी छिन् ।

कार्यक्रममा बोल्दै उपमेयर डंगोलले काठमाडौं महानगरपालिकाले यसको महत्वलाई बुझेर विभिन्न विहारहरुमा जहाँ बौद्ध शिक्षा दिइन्छ, ती विहारहरुलाई पुनस्र्थापना गर्ने काम गरिरहेको पनि बताएकी छिन् । यस्ता बौद्ध शिक्षा बालबालिकाहरुलाई सानै उमेरमा सिकाउनको लागि विद्यालयहरुमा मोरल शिक्षाको रुपमा स्थानीय विषयमा समावेश गरेको स्मरण गराइन् ।

त्यतिमात्रै नभएर विभिन्न विहारहरुलाई पनि सहयोग गरेको बताएकी छन् । गौतम बुद्ध शिक्षा आर्जन सहकार्य गर्ने त्यस्ता क्षेत्रहरु भएमा आगामी दिनमा काठमाडौं महानगरपालिका सहकार्य गर्न तत्पररहेको वचनवद्धता प्रकट गरेकी छिन् ।

https://www.youtube.com/watch?v=AnzC6WFPsRc

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : ५९ बजे