३० असार २०८३, मंगलबार Tue Jul 14 2026

बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौँ : सभापति देउवा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने उल्लेख गरेका छन् ।

बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा उनले देशमा शान्तिको कामना गर्दै अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना गरेका छन् ।र साथै उनले दिवसका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

‘दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन’, सभापति देउवाले सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ७ : ४८ बजे