बैशाख २६, २०८१ बुधबार Thu May 9 2024

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले गरे खेलाडीलाई सम्मान



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको खेलमा सहभागी भएका खेलाडीलाई सम्मान गरेका छन् । महतोले खेलाडीहरुको मनोबल बढाउन सम्मान गरेका हुन् ।

उनले जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको खेलमा सहभागी भएका खेलाडीलाई सम्मान गर्न पाउँदा उनीहरुलाई थप खेलमा उत्साहका साथसाथै मनोबल बढ्ने अध्यक्ष महतोले बताए ।

त्यस्तै, अध्यक्ष महतोले जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको खेलमा सहभागी खेलाडीलाई सम्मान गर्न पाउँदा आफूलाई अन्त्यन्तै भाग्मानी ठानेको बताएका छन् ।

उनले यस्ता खालका कार्यक्रमले स्थानीय प्रदेश र जिल्लाका खेलाडीहरुको आत्मबल बढ्ने र नेपालको खेलकुद क्षेत्र अन्तराष्ट्रिय स्तरमा अगाडी बढ्ने आशा जगाएको बताएका हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ७ : ४६ बजे