बैशाख २६, २०८१ बुधबार Wed May 8 2024

मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान



काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको हो ।

सो अवसरमा उनी अन्य औपचारिक कार्यक्रमा पनि सहभागी हुनेछन् । परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्किने तालिका छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  २ : ४८ बजे