बैशाख २७, २०८१ बिहिबार Thu May 9 2024

बजेट र सिद्धान्तमा एकरुपता ल्याउन आधारपत्र तयार गर्ने गठबन्धनको निर्णय



काठमाडौँ । सत्तागठबन्धन दलबीच आगामी वर्षको बजेट र सिद्धान्तमा एकरुपता ल्याउन आधारपत्र तयार गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तागठबन्धनको बैठकमा बजेट र सिद्धान्तमा एकरुपता ल्याउन सरकारले आधारपत्र गर्ने र त्यसमाथि गठबन्धनदलबीच छलफल गरेर अन्तिम रुप दिने सहमति भएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

उनले सरकारको सिद्धान्त र नीति तथा कार्यक्रममा एकरुपता ल्याउनका लागि सरकारले आधारपत्र तयार गर्ने र सरकारमा रहेका सवै दलहरुको धारणा समावेश गरेर परिमार्जन गर्ने बताए । उनले आर्थिक प्रतिकुलतामा अवस्थामा जनताका आधारभूत आवश्यकतालाई ध्यानमा राखेर बजेट निर्माण गर्ने तयारी भएको बताए ।

उनले गठबन्धन दलका नेताहरुले बाहिर जस्तो अभिव्यक्ति दिएपनि सरकारसँग भएको बहुमतमा कुनै तलमाथि हुने सम्भावना नरहेको जिकिर गरे । उनले रास्वपालाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्रीले कुरा गरिरहेको जानकारी दिए।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ८ : १५ बजे