बैशाख २७, २०८१ बिहिबार Thu May 9 2024

परराष्ट्रमन्त्री आज बेलायत जाँदै



काठमाडौंं । परराष्ट्रमन्त्री एनपी साउद आज (बिहीबार) बेलायत जाँदैछन् ।

संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन साउद बेलायत जान लागेका हुन्।

लण्डनमा रहँदा उनी वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री साउद वैशाख २६ गते स्वदेश फर्किने छन्।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ८ : १२ बजे