बैशाख २७, २०८१ बिहिबार Thu May 9 2024

अध्यक्ष महतोद्वारा थप तीन किशोरीलाई प्रोत्साहन अनुदान हस्तान्तरण



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले थप ३ जना किशोरीलाई जनही ५० हजारको चेक हस्तान्तरण गरेका छन् । अध्यक्ष महतोले यस अघिदेखि कक्षा १२ पास गरेर २० वर्ष उमेर पुरा गरी विवाह गर्ने किशोरीहरुलाई प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँ प्रदान गर्दै आएका छन् ।

सोही कार्यक्रम अन्तर्गत अध्यक्ष महतोले चन्द्रनगर गाउँपालिका वडा नम्बर २ की वन्धना यादव, वडा नम्बर ७ की अनिता सिंह दनुवार र वडा नम्बर ५ की सन्चिताकुमारी सिंह दनुवारलाई प्रोत्साहन स्वरुप जनही ५० हजार रुपैयाँको चेक प्रदान गरेका हुन् । गाउँपालिकाले १२ कक्षा पास गरेर २० वर्ष उमेर पूरा गरी विवाह गर्ने किशोरी र उनका परिवारलाई सम्मान, प्रोत्साहन स्वरुप दिँदै आएको ५० हजार अनुदान रकमको चेक अध्यक्ष महतोले हस्तान्तरण गरेका हुन् ।

तराईंमा छोरीलाई नपढाई बालविवाह गरिदिने चलन भएकाले त्यसको अन्त्यका लागि अध्यक्ष महतोले १२ कक्षा पास गरेर २० वर्ष उमेर पूरा गरी विवाह गर्ने किशोरी र उनका परिवारलाई गाउँपालिकाले प्रोत्साहन स्वरुप ५० अनुदान दिने व्यवस्था मिलाएका हुन् । अध्यक्ष महतोले यो व्यवस्था मिलाएपछि छोरीलाई पनि छोरासरह स्कुल पठाउने, र २० वर्ष नाघेपछि विवाह गर्ने संख्या बढ्न थालेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १२ : ३२ बजे