बैशाख २७, २०८१ बिहिबार Thu May 9 2024

कांग्रेसले शुभेच्छुक संस्थालाई मर्यादित बनाउन सक्ला ?



वीरगञ्ज । नेपाली कांग्रेसको सुभेच्छुक संस्था ब्यूटिसियन संघको १४ औं राष्ट्रिय महाधिवेशन भरखरै वीरगञ्जमा सम्पन्न भएको छ । सो सम्पन्न राष्ट्रिय महाधिवेशनलाई नेपाली कांग्रेसकी महासमिति सदस्य इन्दिरा निरौलाले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिएकी छिन् । सम्पन्न नेपाल ब्युटिशियन संघ को चौधौं राष्ट्रिय महाधिवेशनले सरिता गौतमलाई अध्यक्षमा चयन गरेको छ ।

अध्यक्ष गौतमसहित सम्पूर्ण कार्य समितिका पदाधिकारी एवं सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना दिँदै महासमिति सदस्य निरौला लेख्छिन्, ‘यो संस्था सामाजिक अपराधिक मानसिकता लिएर हिड्ने बहुविवाह जस्तो जघन्य अपराधको फौजदारी मुद्दा खेपी ढलौटीमा बसेकाहरु काठमाडौं महानगरपालिकाको व्युटिसियन संघको अध्यक्ष पदमा आसिन भएका छन् । त्यसैले यस्ता व्यक्तिलाई संरक्षण गर्ने संस्था नबनोस् । यो संस्था नेपाली काग्रेस जस्तो लामो इतिहास बोकेका लोकतान्त्रिक नेपालको सबैभन्दा ठूलो दलको सुभेच्छुक संस्था हो ।

कांग्रेसले नेपालको लोकतन्त्रिक आन्दोलनमा, लोकतन्त्र गणतन्त्रको लागि नेतृत्वदायी भूमिका खेलेर नेपालको संविधान २०७२ जारी गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लागू भई दोस्रो विवाह स्वतः बदर गर्ने ताकि सौता बनेर जानेहरूले श्रीमानबाट पाउने कुनै पनि अधिकार नपाउने कानुन बनेको अवस्थामा यस संस्थामा रहेकाहरू नै बहुविवाह जस्तो जघन्य सामाजिक अपराधमा ढलौटीमा बसेका कार्यसमितिमा रहेको हुँदा सो विषयमा नयाँ कार्यसमितिले उजुरी परेकाहरूको छानबिन गरी सौता बन्नेहरूलाई कारबाही गर्न तत्पर रहोस् ।

यस संस्थाले बहुविवाह जस्तो जघन्य सामाजिक अपराधीलाई प्रोत्साहन गरी नेपालमा बहुविवाह जस्तो अपराध बढाउने काम बन्द गरी अपराध मुक्त नेपाल बनाउन सहयोग गरोस् । पीडितलाई न्यायको अनुभूती दिने र पीडकलाई गल्तीको महसुस गराउने संस्था बनोस् । रूपवती बनेर जागिरे सम्पत्ति भएको केटा देख्नेबित्तिकै अरूको श्रीमान् हो, अरू महिला पनि म जस्तैः महिला हो भन्ने हेक्का हुँदाहुँदैं समाजमा हिंसा फैलाउदै सौतामाथि जानेलाई कारबाही गर्न तत्पर होस् । राम्रो हुनु स्मार्ट हुनु राम्रो कुरा हो ।

तर, सुन्दरी बनेर सौतामाथि जानु कानुनी तथा सामाजिक रूपमा अपराध हो भन्ने आमनागरिकलाई चेतना दिलाई बहुविवाह जस्तो जघन्य फौजदारी अपराध गरी अरूलाई हिंसा गर्दै हिड्नेलाई कारबाही गरी अपराध मुक्त नेपाल बनाउन पहल गरोस् ।

यस संस्थाले बहुविवाह गरेर सौता बनेर जानेलाई कारबाहीको दायरा ल्याउन सदैव तत्पर होस् । बहुविवाह मुक्त समाज बनोस् जसरी योगमाया न्यौपाने, मंगलादेवी जस्ता कैयौं महिलाहरूको योगदानबाट आज हामीले यो उपलब्धि पाएका छौं । उहाँहरूको पहलमा सति प्रथा अन्त्य हुन पुग्यो त्यसै गरी यहाँहरूको पहलमा बहुविवाह मुक्त समाज बन्न सकोस् ताकि सौता बनेर जानेहरूलाई संरक्षण गरेर बहुविवाह जस्तो जघन्य सामाजिक अपराध गर्नेहरूको संस्था नबनोस् धन्यवाद ! जयनेपाल ।’

नेपालकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको महासमिति सदस्यले सामाजिक सञ्जाल फेसबुकमा बहुविवाह जस्तो फौजदारी जघन्य सामाजिक अपराधको विषय गम्भीर रुपमा उठाइरहँदा पार्टीले यसलाई कसरी लिन्छ भन्ने कौतुहलता आमनागरिकमा छाउनु स्वाभाविक हो । अहिले पुराना र ठूला दलप्रति विभिन्न टिकाटिप्पणी उठिरहेका बेला आफ्ना भ्रातृ, भगिनी र सुभेच्छुक संस्थालाई कसरी मर्यादित बनाउने भन्नेमा पार्टी गम्भीर हुनुपर्ने कार्यकर्ताको सुझाव छ । महासमिति सदस्य निरौलाले सामाजिक सञ्जालमार्फत यसै विषयमा चिन्ता गरेको देखिन्छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ४ : ३१ बजे