१३ भदौ २०८३, शनिबार Sat Aug 29 2026

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टी एकता, नयाँ नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल



काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच पार्टी एकता भएको छ।

मोहन वैद्य किरणले नेतृत्व गरेको (क्रान्तिकारी) माओवादी र धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा बहुमतबीच एकता भएको हो।

आज औपचारिक कार्यक्रमका बीच घोषणा गरिएको नयाँ पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’ राखिएको छ।

घोषणासभाको अध्यक्षता गर्दै नेता सिपी गजुरेलले जनताको घरघर र जिब्रो जिब्रोमा ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’ लाई पु¥याउनुपर्ने भन्दै नयाँ जनवादी क्रान्ति पूरा गर्ने पार्टी यही भएको बताए।

कार्यक्रममा नवगठित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष वैद्य, पार्टी प्रवक्ता बास्तोला, कार्यालय सदस्यहरू, पार्टीका सल्लाहकार समितिका नेताहरू असारे काका, कमल चौधरी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष दिनेश शर्मा, विनोद थापा लगायतका नेताहरूको उपस्थिति थियो।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ५ : ०५ बजे