बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

सुडानमा रहेका नेपालीलाई दूतावासको सम्पर्कमा आउन सरकारको आग्रह



काठमाडौं । सरकारले सुडानमा रहेका नेपालीलाई दतावासको सम्पर्कमा आउन आग्रह गरेको छ । सुडानमा विकसित जटिल सुरक्षा अवस्थाका कारण त्याहाँ रहेका नेपालीको सुरक्षा र उद्धारका लागी दुतावासको सम्पर्कमा रहन परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो ।

सुडानमा सुरक्षा चुनैति बढिरहेको अवस्थामा त्यहाँ रहेका नेपाली नागरिकहरुको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले निरन्तर अधिकतम प्रयास गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सुडानमा रहेका नेपालीहरुको सुरक्षा सम्बन्धमा हालसम्मको अवस्थाबारे विज्ञप्तिमार्फत जानकारी दिएको छ।परराष्ट्रका अनुसार सुडानमा रहेका नेपाली नागरिकहरुसँग निरन्तर सम्पर्कमा रहि कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखिएको छ ।

साथै, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरु बाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिकहरु नेपाली राजदूतावास, कायरोसँग सम्पर्कमा रहेका मन्त्रालयले जनाएको छ ।

सुडानमा अलपत्र परेका नेपाली नागरिकको सुरक्षित उद्धार कार्यमा आवश्यक सहयोग एवं सहजीकरण गर्ने सबै सम्बद्ध पक्षहरुलाई नेपाल सरकारले धन्यवाद पनि दिएका छन् ।

साथै, अझै पनि सुरक्षा अवस्था असहज रहेको बुझिएकोले सुडानमा रहेका सबै नेपाली नागरिकहरुलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक काममा बाहेक बाहिर हिँडडुल नगर्न तथा आपतकालिन अवस्थामा कायरोस्थित नेपाली राजदूतावास ९दिपक घिमिरे, द्वितीय सचिव, मोबाइलरह्वाट्सएप २०१०९७७७२३४८, २०१०२९६०६६६२, इमेल०मा सम्पर्क गर्न पनि परराष्ट्रले आग्रह गरेको छ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ४ : ५७ बजे