३१ असार २०८३, बुधबार Thu Jul 16 2026

मधेसका हरेक वडामा एग्रोभेट सञ्चालन गरिदैँ



जनकपुरधाम । मधेस प्रदेश सरकारले जिल्लाको हरेक वडामा एक वडा एक एग्रोभेट शुरु गर्न लागेको छ । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रमअन्तर्गत सबै वडाहरूमा एक एग्रोभेट सञ्चालन गर्न लागेको हो ।

सो कार्यक्रम मधेस प्रदेश आठ जिल्लाका १३६ स्थानीय तहका १ हजार २ सय ७० वडामा कार्यक्रम सञ्चालन गरिने भएको छ। उक्त कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले एग्रोभेटबाट बिउ बिजन, कृषिमा प्रयोग हुने औषधि तथा कृषि परामर्श सेवा उपलब्ध हुने बताएका छन् ।

मधेस प्रदेश आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रदेश सरकारको बजेट सिलिङ अपुग हुने भएकोले आवश्यक बजेट संघीय सरकारसँग मागेको छ। जस अनुसार करिब ६.७ अर्बको कार्यक्रम संघीय कृषि मन्त्रालय अन्तर्गत समावेश गर्न परियोजनाको विवरणसहित संघीय कृषि मन्त्री डा।. बेदुराम भुसाल मार्फत मन्त्रालयमा पेश गरिएको मन्त्री कुशवाहाले बताए।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ४ : ५५ बजे