बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

मजदूरसँग हातेमालो गरेर श्रमिकको हक अधिकारको लागि अगाडि बढ्ने अध्यक्ष गुरुङको प्रतिवद्धता



काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले १३४ औं मजदुर दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष गुरुङले समाजिक सञ्जालमार्फत विश्व श्रमिक दिवसको अवसरमा शुभकाना व्यक्त गरेका हुन् । उनले शुभकामना दिने क्रममा तरुण दल मजदूरहरुसँग हातेमालो गरेर अगाढि बढ्ने बताएका छन् ।

गुरुङले १३४ औं विश्व मजदूर दिवसको अवसरमा श्रमिकको पहिचान र उनीहरुको दीगो उत्थानको लागि विभिन्न क्षेत्रका श्रमिकहरुको हक अधिकारका लागि लागिपर्ने प्रतिवद्धता जनाएका छन् । अध्यक्ष गुरुङले देशैभरि रहेका श्रमिक मजदूरहरुको हक अधिकार सुनिश्चित गर्न नेपाल तरुण दलले उनीहरुसँग हातेमालो गर्ने जनाएका छन् ।

त्योसँगै अध्यक्ष गुरुङले विभिन्न क्षेत्रमा कार्यरत श्रमिक मजदूरहरुको उचित पारिश्रमिक, हक अधिकार र जीवन रक्षाका लागि तरुण दलले जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने सामाजिक सञ्जालमार्फत प्रतिवद्धता जनाएका छन् ।

नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले आज १३४ औ मजदुर दिवसको अवसरमा शुभकामना दिएका छन ।
सामाजिक संजालमा शुभकामना सन्देश दिदै उनले श्रमिक मजदुर हरुको पहिचान र दिगो उत्थानको निम्ति श्रमिक हरुको हक अधिकार सुनिस्चितता गर्न नेपाल तरुण दल सधैभरी मजदुर साथिहरु सङै हातेमालो गरेर अघि बढ्ने कुरा बताए ।

आफ्नो रगत पसिना र श्रम बेचेर मिहिनेतको कमाइ खाने श्रमिक पर्वको रुपमा श्रमिक मजदुर दिवस मनाइने कुरा बताउदै अध्यक्ष गुरुङले विश्वभरिको श्रमिकहरुलाइ एकताको सुत्रमा बाध्न यो दिवस सम्पुर्ण श्रमिकहरुको एकता,विरता र संघर्षको प्रतिकको रुपमा रहेको बताएका छन् ।।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १२ : ४५ बजे