बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

स्वास्थ्योपचारपछि राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किए



काठमाडौँ । भारतमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन्।

आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल यही वैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ८ : १९ बजे