बैशाख २६, २०८१ बुधबार Wed May 8 2024

उपमहानगरद्वारा इ–रिक्सा तथा टेम्पो चालक महिलालाई सम्मान



लुम्बिनी । बुटवल उपमहानगरपालिकाले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा इ–रिक्सा तथा टेम्पो चालक महिलालाई सम्मान गरेको छ ।

उपमहानगरपालिकाले नगरमा दर्ता भएर सञ्चालनमा रहेका ३५ चालक महिलालाई सम्मान गरेको हो । सम्मान

कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षदेखि महिला चालकलाई इ–रिक्सा र टेम्पोबाट लिइने करमा छुट दिने बताएका छन् ।

पाण्डेयले इ–रिक्सा र टेम्पो चालक महिलाको बीमा गर्ने गरी तयारी गरिरहेको बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : ०२ बजे