बैशाख २७, २०८१ बिहिबार Thu May 9 2024

राष्ट्रपति पौडेल आजै डिस्चार्ज भएर स्वदेश फर्किने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भारतको नयाँ दिल्लीमा उपचार गराएर आज स्वदेश फर्किने भएका छन् । एम्स अस्पतालले आजै उनलाई डिस्चार्ज गर्ने र राति ८ बजेको उडानबाट स्वदेश फर्किने राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले संकल्प खवरलाई जानकारी दिए ।

केही दिनदेखि राष्ट्रपतिको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेकाले चिकित्सकहरूले आजै डिस्चार्ज गर्ने निर्णय भएको दिल्लीमा रहेका पौडेलका स्वकीय सचिवज चिरञ्जीवी अधिकारीको भनाइ उद्ध्त गर्दै कार्कीले बताए ।

पेटसम्बन्धी समस्याका कारण पौडेल टिचिङ अस्पतालमा भर्ना भएका थिए । चिकित्सकहरूले विदेश लैजान सिफारिस गरेपछि उनलाई नयाँ दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो ।

आज डिस्चार्ज भए पनि अझै एक सातासम्म चिकित्सकहरूले आराम गर्नुपर्ने सल्लाह दिएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १२ : ४१ बजे