बैशाख २७, २०८१ बिहिबार Thu May 9 2024

चन्द्रनगर गाउँपालिकाद्वारा मधेस प्रदेशका इच्छुक किसानहरुलाई तालीममा सहभागी हुन आग्रह



धनुषा । धनुषाको जनकपुरधाम मधेश प्रदेशका किसानहरुको लागी विभिन्न सीपमुलक तालीम दिने व्यवस्था गरिएको छ । भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, धनुषा मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका तालीम केन्द्रहरुमा किसानहरुको लागि कृषिसम्बन्धी सीपमुलक तालीम दिन लागिएको हो ।

सो तालीम कार्यक्रम आगामी जेष्ठ महिनामा सञ्चालन हुने जनाइएको छ । जेठ महिनाबाट सञ्चालन हुने किसानहरुका लागि गर्न लागिएको तालीम कार्यक्रममा सहभागि हुन इच्छुक किसानहरुले बैशाख २२ गतेभित्र सम्पर्क गर्न गर्नुपर्ने छ । चन्द्रनगर गाउँपालिकाबाट कृषि तालीम कार्यक्रममा सहभागी हुन इच्छुक किसानहरुलाई किसानहरुलाई बैशाख २२ गतेभित्र सम्बन्धित कार्यालयमा सम्पर्क सम्पर्क गर्न गाउँपालिकाले अनुरोध गरेको छ । यस तालीममा सहभागी हुने किसानहरुले दैनिक ७०० रुपैयाँ तालीम भत्ता पाउने छन् ।

तालिम निम्न स्थानमा हुने छ । जस्तो १० मत्स्य प्रशोधन तथा षोष्ट हार्भेस्ट ९७ दिन, स्थान पशु सेवा तालीम केन्द्र जनकपुरधाम, २० ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम ९३५ दिन स्थान पशु सेवा तालीम केन्द्र, जनकपुरधाम । ३० व्यवसायिक कुखुरा पालन तालिम ९७ दिन, स्थान पशु सेवा तालीम केन्द्र, जनकपुरधाम, ४० कृषि यन्त्र सञ्चालन एवं मर्मत संभार तालिम ९७ दिन, स्थान कृषि प्रवर्द्धन सहयोग तथा तालीम केन्द्र, नक्टाझिज, धनुषामा हुने छ । यस तालीमका लागि सम्बन्धित तालीम केन्द्र लगायत निम्न व्यक्तिलाई समेत सम्पर्क गर्न सकिने छ ।

जस्तो प्रमोद ईशर मोबाइल नम्बर ९७७९८१६३३९४९५, मा।ईं। वसन्त कुशवाहा ९सचिवालय०, भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जनकपुरधाम, धनुषामा सम्पर्क गर्नुपर्ने हुन्छ । उक्त तालीम कार्यक्रममा सहभागी हुन इच्छुक किसानहरुलाई समयमा सम्पर्क गर्न चन्द्रनगर गाउँपालिकाले आग्रह गरेहो छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ११ : ४१ बजे