बैशाख २७, २०८१ बिहिबार Thu May 9 2024

भारतमा उपचाररत कांग्रेस नेता चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने



काठमाडौँ । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन् ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते हुनुभएका डा भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारी आइतबार दिउँसो २स् ५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेको डा। भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए । उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छन् ।

पछिल्लो समय डा। भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उहाँ बोल्ने र हिँड्ने गर्न थालेका छन् । नेपाल फर्केसँगै डा भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन् ।

काठमाडौँको बुद्धनगरस्थित आफ्नै निवासमा ग्याँस लिक भएर आगलागीमा परी सांसद डा। भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । डा भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ११ : ३१ बजे