जेष्ठ ६, २०८१ आइतबार Sun May 19 2024

एक्लै चुनाव लड्ने कांग्रेस बनाउनुपर्छ : शेखर कोइराला



विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नेगरी पार्टी निर्माण गर्नुपर्ने बताएका छन् । शुक्रबार मोरङमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले त्यसका लागि मुलुकभरि सङ्गठन मजबुत गरी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन एक्लै लड्ने गरी अगाडि बढ्नु जरुरी रहेको बताए ।

उनले आजदेखि आफू जनता एवं पार्टीका साथीसँग जोडिने प्रण गर्छु भन्दै देशभरिका जनताका प्रत्येक सुखदुःखमा साथमा रहेमा कांग्रेसलाई पुरानो अवस्थामा ल्याउने दाबी गरे । नेता डा कोइरालाले हालैसम्म उपनिर्वाचनले कांग्रेसलाई धेरै पाठ सिकाएको उल्लेख गर्दै पार्टीका कमीकमजोरीलाई सुधार गर्दै लाग्नुपर्ने आवश्यकता औंल्याए ।

उनले अयोग्य लडाकूलाई रकम होइन रोजगारी दिनुपर्ने बताउँदै शिक्षक कर्मचारीले पेन्सन नपाइरहेको एवं ऋण लिएर कर्मचारीलाई तलब खुवाउने अवस्थामा दुई लाख दिने निर्णय गलत भएको बताए ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ११ : २६ बजे