जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

एमालेले आकस्मिक पत्रकार सम्मेलन गर्दै



काठमाडौं । एमालेले शुक्रबार आकस्मिक रूपमा पत्रकार सम्मेलन गर्ने भएको छ । देशको शान्ति सुरक्षालगायत समसामयिक विषयमा पार्टीका धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको एमाले प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जानकारी दिएका छन् । पत्रकार सम्मेलन पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा अपराह्न ४ बजे हुनेछ।

एमालेले पार्टी अध्यक्ष केपी ओलीमाथि झापा र इलाममा आक्रमण भएको र प्रहरी प्रशासनले सुरक्षा दिन नसकेको निष्कर्ष निकालेको छ । यस सम्बन्धमा बिहीबार एमाले नेता राजन भट्टराईको नेतृत्वमा गएको टोलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । पछिल्लो समय देशमा शान्ति सुरक्षाको अवस्था चिन्ताजनक भएको ठहर एमालेले गरेको छ ।

आजको पत्रकार सम्मेलनमा माओवादीका अयोग्य लडाकुलाई दुई दुई लाख दिने सरकारको निर्णयबारे एमालेले औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ । लडाकुलाई दुई दुई लाख सहायता दिने निर्णय एमाले सरकारकै पालामा भएको खुलेको छ । एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री र नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा प्रस्तुत गरेको आव २०७३–७४ को बजेट बक्तव्य पेज नम्बर ६ मा अयोग्य लडाकुलाई पैसा दिने भन्ने कुरा उल्लेख छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ३ : ३४ बजे