जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

चन्द्रनगर गाउँपालिकाले नागरिकको घरदैलोमै पुगेर सेवा प्रदान गर्दै



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले जनताका घरदैलोमै पुगेर समस्या पहिचान गरी सेवा उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले खोपबाट बन्चित, विद्यालयबाहिर रहेका बालबालिका र जन्मदर्ताबाट बञ्चित भएका बालबालिकार घरदैलोमै पुगेर सेवा दिँदै आएको छ ।

त्यसैगरी गाउँपालिकाले वैदेशिक रोजगारमा रहेको व्यक्ति पहिचान गरी उनीहरुलाई परेका समस्या समाधानको लागि घरैमा पुगेर काम गर्दै आएको छ । त्यसको लागि गाउँपालिका र वडाबाट कर्मचारी खटाइ समस्या पहिचान गर्ने र समाधानका उपाय खोजी गरी सेवा दिन थालिएको हो ।

गाउँपालिका अन्तर्गतका स्वास्थ्य, शिक्षा, वडा कार्यालय, पन्जिकरण र रोजगार शाखाका सेवा प्रदायकका कर्मचारीहरुले आफ्नो क्षेत्रका नागरिकको घरदैलोमा पुगी सेवा दिइरहेका छन् । यसरी नयाँ र परिश्रमयुक्त काम गर्दै आएकोमा चन्द्रनगर गाउँपालिका र यसका वडाहरु कार्यालयहरु धन्यवादका पात्र बनेका छन् । गाउँपालिकाले नायाँ, उदाहरणीय र नागरिकमैत्री काम गरेकोप्रति स्थानीय जनता हर्षित भएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ३ : ३२ बजे