जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

चन्द्रनगर गाउँपालिकाको खेलकूदमा गौरवपूर्ण सफलता



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर निवासी आशा कुमारी महतो ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छिन् । चन्द्रनगर गाउँपालिका वडा नम्बर ३ अन्तर्गत कोइरीयाही टोल बस्ने आशा कुमारी महतो सामान्य परिवारकी छोरी हुन् ।

सामान्य परिवारमा जन्मिएर पनि आशा राष्ट्रिय स्तरको खेल ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगितामा भाग सफल भएकी छिन् । आशाले यसअघि गाउँपालिका स्तरीय, जिल्ला स्तरीय र मधेश प्रदेश स्तरीय कब्बडी खेल प्रतियोगितामा जित हासिल गरिसकेकी छिन् ।

उनी स्थानीय, जिल्ला र प्रदेश स्तरीय खेलमा जित हासिल गरिसकेपछि राष्ट्रिय स्तरको कब्बडी खेल प्रतियोगितामा भाग लिन पुगेकी हुन् । आशाको यो सफलतालाई चन्द्रनगर गाउँपालिकावासीले गौरवपूर्ण अवसर बताएका छन् । उनी राष्ट्रिय स्तरको खेलमा प्रतिस्पर्धा गर्न सफल भएमा गाउँपालिकाले गौरवपूर्ण सफलताको रुपमा लिएको छ ।

चन्द्रनगरकी छोरी आशालाई राष्ट्रिय स्तरको कब्बडी खेल प्रतियोगितामा पनि सफलता मिलोस, कोटि कोटि शुभकामना तथा प्रार्थना ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ३ : ३१ बजे