काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बागमती, विष्णुमति, मनोहरालगायतका नदी छउछाउको जग्गा अतिक्रमणबारे सामाजिक सञ्चालमार्फत खरो टिप्पणी गरेका छन् ।
मेयर साहले गृहमन्त्रीलाई लक्षित गरी काठमाडौं महानगरपालिका भित्र पर्ने नदी छेउछाउका जग्गा अतिक्रमण गरी व्यक्तिगत रुपमा भोगचलन गरिकोप्रति आपत्ति प्रकट गर्दै उक्त टिप्पणी गरेका हुन् ।
मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्मरणका लागि २०७६ साउन २० गते सम्मानित सर्वोच्च अदालतबाट बागमती, बिष्णुमती, मनोहरा र यीनका सहायक नदिहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदिको स्वच्छता कायम गराउन तथा सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश भएको थियो ।
आज फेरि उच्च अदालतले बागमती सभ्यताको विरुद्ध बस्ती नहटाउन परेको रिटमा अन्तरिम आदेश जारी नभएको अवस्था छ ।यदि कुनै कानुनले कसैमाथि अन्याय गरिरहेको छ भने तत्काल कानुन परिवर्तन गर्न सार्वजनिक अपील गरेर प्रक्रिया सुरु गर्नुहोस्, या कानुन बमोजिमको शासन व्यवस्था अँगाल्नुहोस् ।
यो तर्फ कुनै पनि कदम नचाली वैधानिक रुपमा नै यति भई सक्दा पनि कुन कानुन र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नु हुन्छ गृहमन्त्री ज्यू रु कसरी कानुनीराज्यको अनुभूती दिलाउनु हुन्छ गृहमन्त्री ज्यु रु’
मेयर साहले सामाजिक सञ्चालमा सरकार र गृहमन्त्रीलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाभित्रका नदी छेउछाउका जग्गा अतिक्रमण गरी व्यक्तिगत प्रयोजनका लागि बनाइएका संरचना हटाउने सम्बन्धमा गृहमन्त्री लक्षित आक्रोश व्यक्त गरेका छन् ।