जनकपुरधाम । मधेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १३६ वटै पालिकामा माटो परीक्षण गर्ने भएको छ । मन्त्रालयले माटो परीक्षण प्रयोगशालाको प्राविधिक सबै ८ जिल्लाका १३६ वटै स्थानीय तहको माटो परीक्षण गर्न लागेको हो ।
त्यस्तै, माटोको अवस्था पत्ता लगाएर किसानलाई जानकारी गराउन माटो परीक्षण गर्न लागेको मन्त्रालयलये जनाएको छ ।
मन्त्रालयका अनुसार प्राविधिक टोलीले १३६ पालिकामा घुम्ती टेस्ट ल्याबमार्फ़त ३ दिनसम्म विभिन्न ठाउँको माटो जाँच गरिने छ । माटो परीक्षण कार्यक्रम पालिकाको समन्वयमा गर्नुपर्ने भएकाले पालिका प्रमुखहरूलाई सहयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।