माघ ६, २०८१ आइतबार Mon Jan 20 2025

नगरप्रमुख साम्पाङद्वारा खानेपानी आयोजनालाई रकम जुटाउन च्यारिटी कन्सर्ट सम्पन्न



धरान । धरान उपमहानगरपालिकाको लागि खानेपानी आयोजनालाई रकम जुटाउन नगरप्रमुख हर्क साम्पाङले च्यारिटी कन्सर्टको आयोजना गरेका थिए । नगर प्रमुख साङपाङद्वारा आयोजित च्यारिटी कन्सर्ट सोमा २८ लाख रुपैयाँ संकलन भएको छ । ‘च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान’ नाम दिइएको कन्सर्टमा चर्चित राष्ट्रिय कलाकारले प्रस्तुती गरेका थिए ।

सो च्यारिटी कन्सर्टमा दीप श्रेष्ठ, राजेशपायल राई, दीपक लिम्बू, प्रविशा अधिकारी, डिल्ली फोम्बो एण्ड द ब्याण्ड, द वाल्किङ क्लाउड ब्याण्ड, एकदेव लिम्बू, रोहित मास्के लगायतले सांगीतिक प्रस्तुति दिए । आयोजक सिल्भर इन्टरटेनमेन्टले पत्रकार सम्मेलनमा कन्सर्टको आयव्यय विवरण सार्वजनिक गरेको थियो ।

कन्सर्टको सम्पूर्ण खर्च उठाएर २८ लाख ३६ हजार ३४५ रुपैयाँ बाँकी रहेको कार्यक्रम संयोजक मीना सिंगकले जानकारी छिएकी छिन् । मेयर साम्पाङले कन्सर्ट गरेकोमा आयोजक, सहयोगी दाता, कलाकार सबैलाई धन्यवाद दिएका छन् । उनले उक्त रकम कोकाहा खानेपानी आयोजनामा खर्च गरिने र श्रमदान कार्यमा सहभागी हुन समेत सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ६ : १३ बजे