माघ ६, २०८१ आइतबार Mon Jan 20 2025

मोहन्याल गाउँपालिकाले अपाङगता परिचयपत्र वितरण शिविर सञ्चालन गर्ने



कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले अपाङ्गता भएका व्यक्तिको सहजताका लागि परिचयपत्र वितरण शिविर सञ्चालन गर्न लागिएको बताएका छन् ।

उक्त परिचयपत्र वितरण शिविर सञ्चालन निम्न मिति, समय, र स्थानमा गरिने जारी विज्ञप्तिमा उल्लेख छ । परिचय पत्र वितरण कार्यको प्रचारप्रसार र सहयोगको लागि सर्वसाधारणलाई गाउँपालिकाले अनुरोध गरेको छ ।

परिचयपत्र वितरण शिविर सञ्चालन कार्यक्रम यहि बैशाख १५ गते हुने भएको पनि गाउँपालिकाले जनाएको छ । सो कार्यक्रम विहान ८ बजेदेखि दिउँसो बाह्र बजेसम्म हुने विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ५ : ५६ बजे