माघ ६, २०८१ आइतबार Sun Jan 19 2025

इमर्जेन्सी सेल्टर नियम र प्रक्रिया बिपरीत नमिच्न गाउँपालिकाको चेतावनी



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले वडा नं.३ स्थित २ वटा इमर्जेन्सी सेल्टर निर्माण नमिच्न चेतावनी दिएको छ ।

वडा नं. १ मा निर्माण गरिने भनिएको इमर्जेन्सी सेल्टर नियम र प्रक्रिया बिपरीत वडा नं. ३ बडकुर्वामा निर्माण गर्न थालिएपछि गाउँपालिकाले आप्पती जनाएको हो । शहरी विकास तथा भवन डिभिजन कार्यालय धनुषाले नियम र प्रक्रिया मिचेर इमर्जेन्सी सेल्टर निर्माण गरेको गाउँपालिकाले जनाएको छ ।

वडा नं. १ का वडा अध्यक्ष रामेश्वर प्रसाद महतोका अनुसार वडा नं. १ मा ८० लाखको लागतमा इमर्जेन्सी सेल्टर निर्माण गर्न अधिकारीक पत्र प्राप्त भएको भए पनि शहरी विकास तथा भवन कार्यालय धनुषाले कमिशनको लोभमा नियम प्रक्रयाको धज्जी उडाउँदै एका एक इमर्जेन्सी सेल्टर वडा नं. १ किसनपुरबाट वडा नं. ३ बडकुुर्वामा शिलान्यासको तयारी गरेको गाउँपालिकाले आरोप लगाएका छन् ।

अध्यक्ष महतोद्वारा हस्ताक्षर गरिएको पत्रमा गाउँपालिकाको १२ औं गाउँ सभाको निर्णय अनुसार चन्द्रनगर गाउँपालिकाको गाउँ सभाबाट स्वीकृत योजना बाहेक अन्य निकायबाट गाउँपालिका क्षेत्र भित्र आयोजना कार्यान्वयन गर्नु पुर्व सम्बन्धिीत योजनाका सम्पूर्ण आधिकारीक कागजातको प्रमाणित प्रतिलिपी गाउँ कार्यपालिकाको कार्र्यालयमा पेश गरेर वा गाउँ कार्यपालिकाको कार्यालयबाट अनिवार्य रुपमा पूर्वस्वीकृती लिएर कार्यान्यवयन गर्नु गराउन भनिएको छ ।

गाउँ कार्यापालिकाको कार्यालबाट वडा कार्यालयमा २०७९।१०।२४ गते गरिएको पत्राचार विपरित नगर्न नगराउन पत्रमा भनिएको छ ।तर वडा नं। ३ का वडा अध्यक्ष सिताराम महतोले पालिकाको पत्रको धज्जी उडाएको गाउँपालिका अध्यक्ष महतोले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १२ : ११ बजे