३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

रवि लामिछानेको ४३,१०३ मतसहित अग्रता कायमै



चितवन । चितवन २ मा शानदार मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणामअनुसार लामिछानेले ४३,१०३ मतसहित अग्रस्थानमा छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम् प्रतिद्वन्द्विभन्दा ३५ हजार १५१ मतान्तरले लामिछाने अगाडि रहेका छन्।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जीतनारायण श्रेष्ठले ७,९५२ मत ल्याएर दोस्रो स्थानमा छन्।

एमालेका रामप्रसाद न्यौपाने ७,७८६ मतसहित तेस्रो स्थानमा छन्। चितवनको इच्छाकामना, भरतपुर र कालिका(२ सम्मको मतगणना भएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ११ : ३१ बजे